विषालु च्याउ खाँदा एकै घरका पाँच बिरामी

बैतडी | साउन ११, २०७९

विषालु च्याउ खाँदा एकै घरका पाँच बिरामी


बैतडी:    विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् । 

 

बिरामी पर्नेमहा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् । उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो ।

 

च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो । मङ्गलबार बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ उनीहरु सबैले खाएका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्